स्याङ्जा, वैशाख २० – कालीगण्डकी गाउँपालिका–७, मिमी पालिचौरस्थित श्री सिद्धेश्वर महादेव मन्दिर व्यवस्थापन समितिको नवौं बार्षिक साधारण सभा तथा तेस्रो अधिवेशन २०८२ साल वैशाख २० गते शनिबार मन्दिरको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा नयाँ कार्यसमिति चयन गरिएको छ, जसअनुसार निम्न पदाधिकारी र सदस्यहरू चयन भएका छन्:

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

अध्यक्ष: राम प्रसाद भट्टराई
उपाध्यक्ष: रामु भट्टराई
सचिव: विष्णु प्रसाद भट्टराई
कोषाध्यक्ष: माया भट्टराई

सदस्यहरू:-

– उम प्रकाश भट्टराई
– दुर्गा प्रसाद भट्टराई
– हिरा माया भट्टराई
– शिवलाल भट्टराई
– भीम कुमारी भट्टराई
– मालती भट्टराई

समितिको सह–सचिव पद हाल रिक्त रहेको र यसको पूर्ति चाँडै समिति बैठकमार्फत गरिने निर्णय गरिएको छ।

कार्यक्रममा मन्दिरको भावी योजना, आर्थिक पारदर्शिता, संरचनात्मक विकास तथा धार्मिक गतिविधिका सम्बन्धमा विस्तृत छलफल गरिएको थियो। सहभागी स्थानीय जनप्रतिनिधि, आस्थावान भक्तजन तथा बुद्धिजीवीहरूको सक्रिय सहभागिता रहेको थियो।

मन्दिर व्यवस्थापन समितिले आफ्नो कार्य कालमा धार्मिक, सांस्कृतिक तथा सामाजिक गतिविधिमा थप जिम्मेवारीपूर्वक कार्य गर्ने प्रतिबद्धता जनाउँदै अधिवेशन समापन गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर