
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनयुद्धमा श्रीमान् पुष्कर शर्मा र कान्छो छोरा हेमराज शर्मा गुमाएकी आमा खिमा शर्माको घरमा गएराति बास बसेका छन्। कञ्चनपुरको पुनर्वास नगरपालिका–२, मोतिबस्ती स्थित सहिद परिवारको घरमा अध्यक्ष प्रचण्ड नेतृत्वको अभियान टोली मंगलबार साँझ पुगेको थियो। खिमा शर्मा अहिले आफ्नो जेठो छोरासँग बस्दै आएकी छिन्।
जनयुद्धमा यस ठाउँबाट १५ जना सहिद भएका थिए। प्रचण्डको यो भ्रमणले सहिद परिवारप्रति सम्मान प्रकट गर्नुका साथै जनयुद्धका सहिदहरूको सम्झनामा पार्टीको प्रतिबद्धता दर्शाएको छ।