
नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५६औं स्थापना दिवसको अवसरमा दमक बहुमुखी क्याम्पसका विद्यार्थीहरूका लागि महत्वपूर्ण कदम चालिएको छ। विद्यार्थीहरूको सुरक्षालाई मध्यनजर गर्दै आज दमक क्याम्पसअगाडिको राजमार्गमा जेब्रा क्रसिङ निर्माण गरिएको छ।
साथै, विद्यार्थीहरूको सुरक्षित आवागमन सुनिश्चित गर्न ट्राफिक प्रहरीलाई बिहान ८ बजेदेखि क्याम्पसअगाडि खटाइने व्यवस्था मिलाउन आग्रह गर्दै ज्ञापनपत्र समेत बुझाइएको छ। स्थापना दिवसको अवसरलाई सामाजिक उत्तरदायित्वसँग जोड्दै नेविसंघले शिक्षा मात्रै नभई विद्यार्थीको हकहित र सुरक्षामा पनि सक्रिय भूमिका खेलेको छ।
स्थानीय प्रशासन र ट्राफिक प्रहरीसँगको सहकार्यमा गरिएको यो पहलले विद्यार्थीहरूको दैनिक यात्रा सहज र सुरक्षित बनाउने विश्वास गरिएको छ।