नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पछिल्लो समय सत्तामा देखिएको असमझदारीका बीच पार्टीभित्र स्पष्ट संवाद गर्दै सरकारको निरन्तरताका लागि दृढ प्रतिबद्धता जनाएका छन्। उनले पार्टीका पदाधिकारी, केही मन्त्रीहरू र प्रमुख सचेतकलाई बुढानिलकण्ठस्थित निवासमा बोलाएर एमालेसँगको गठबन्धन र सातबुँदे सहमति प्रति कांग्रेस अझै पनि प्रतिवद्ध रहेको स्पष्ट पारेका हुन्।

बैठकमा देउवाले पार्टी नेताहरूसँग सरकारलाई समर्थन जारी राख्न, सार्वजनिक रूपमा सरकारको पक्षमा बोल्न र देखिएका कमजोरीहरू आफूलाई जानकारी गराउन आग्रह गरेका छन्। “सरकारको पक्षमा बोल्नुस्, कमीकमजोरी भए मलाई सुनाउनुस्, म प्रधानमन्त्रीलाई सुनाउँछु,” देउवाको भनाइ उद्धृत गर्दै स्रोतले जनाएको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

पछिल्लो समय कांग्रेसभित्र सरकारप्रतिको भूमिकालाई लिएर केही मतभेद देखा परेका बेला देउवाको यो कदमले आन्तरिक एकता र गठबन्धनको भविष्यप्रति सकारात्मक संकेत दिएको छ। उनले सत्तामा रहँदा पार्टीको जिम्मेवारी र नैतिक भूमिकालाई सन्तुलित ढंगले अघि बढाउन पनि नेताहरूलाई निर्देशन दिएका छन्।

यो पहलले गठबन्धनभित्रको समन्वयलाई अझ सुदृढ गर्दै आगामी दिनमा सरकार स्थायित्वको पक्षमा कांग्रेसको सक्रिय भूमिका रहने संकेत दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर