स्याङ्जा — कालिगण्डकी गाउँपालिका वडा नं. ७ स्थित छितार मिर्मी लिफ्टिङ खानेपानी तथा सिंचाई आयोजनाको पाइपलाइन विस्तार कार्य तीव्र गतिमा अगाडि बढिरहेको छ। आयोजनाको कार्यप्रगति र गुणस्तरको मूल्यांकन गर्न आयोजना समितिले स्थलगत निरीक्षण गरेको छ।

समितिका अध्यक्ष रमेश भट्टराईका अनुसार आयोजनाको काम निर्धारित मापदण्डअनुसार समयमै सम्पन्न गर्न समिति प्रतिबद्ध छ। उनले स्थानीय बासिन्दाको सहकार्य र सुझावले कामलाई थप प्रभावकारी बनाएको उल्लेख गर्दै पारदर्शिता र उत्तरदायित्वमा कुनै सम्झौता नगरिने बताए।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यस आयोजनाबाट खानेपानी र सिंचाईमा सहजता ल्याउँदै स्थानीय समुदायको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुग्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर