काठमाडौं, १५ चैत्र – काठमाडौंमा जारी आन्दोलनले उग्र रूप लिँदै गएपछि जिल्ला प्रशासन कार्यालयले आज अपरान्हदेखि रातिसम्म विशेष रूपमा चार किल्लाभित्र कर्फ्यु आदेश जारी गरेको छ।

स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क) अनुसार, २०८१ चैत्र १५ गते अपरान्ह ४:२५ बजेदेखि राति १०:०० बजेसम्म कर्फ्यु लागू हुने निर्णय गरेको छ। सो अवधिमा निषेधित क्षेत्रमा आवतजावत, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ लगायतका कुनै पनि गतिविधि गर्न पूर्णतः रोक लगाइएको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

कर्फ्यु लागू हुने क्षेत्र: (चार किल्ला)

🔴 बानेश्वर–तीनकुने क्षेत्र:
– गौशालादेखि एयरपोर्ट, गैरीधारा, तीनकुने हुँदै कोटेश्वर
– कोटेश्वरदेखि जडिबुटी पुल
– कोटेश्वरदेखि बालकुमारी पुलसम्म
– बानेश्वर चोकदेखि शंखमुल पुलसम्म
– गौशाला चोकदेखि पुरानो बानेश्वर हुँदै नयाँ बानेश्वर चोकसम्म

किन जारी गरियो कर्फ्यु?
काठमाडौंका विभिन्न स्थानमा जारी प्रदर्शन हिंसात्मक बन्दै गएपछि प्रशासनले शान्ति सुरक्षालाई मध्यनजर गर्दै कर्फ्यु आदेश जारी गरेको हो। सुरक्षा निकायलाई उच्च सतर्कतामा रहन निर्देशन दिइएको छ भने आम नागरिकलाई अनावश्यक रूपमा बाहिर ननिस्कन अनुरोध गरिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर