काठमाडौं, १४ चैत – राजधानीमा भोलि चैत १५ गते (शुक्रबार) आयोजना हुन लागेको राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापना, संघीयताको खारेजी लगायतका विषयमा हुने बृहत् प्रदर्शन र आन्दोलन बारे केही तत्वहरूले पार्टीको नाम, छाप र प्रवक्ताको नाम दुरुपयोग गर्दै नक्कली लेटरप्याड बनाएर कार्यक्रम स्थगित गरिएको भनी भ्रम सिर्जना गर्ने प्रयास गरेको प्रति राप्रपाले गम्भीर आपत्ति जनाएको छ।

पार्टीले यसलाई निन्दनीय, आपत्तिजनक र षड्यन्त्रपूर्ण कार्य भन्दै स्पष्ट शब्दमा “कार्यक्रम पूर्वनिर्धारित मितिमा नै हुने” जानकारी गराएको छ। राप्रपाले आम जनसमुदायलाई कुनै पनि गलत सूचनामा नपर्न आग्रह गर्दै, आन्दोलनलाई अझ व्यापक बनाउन आह्वान गरेको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

भोलि (चैत १५) प्रदर्शन यथावत्! सहभागी हुन राप्रपाको आह्वान

राप्रपाले भोलि शुक्रबार काठमाडौंको तिनकुनेमा हुने प्रदर्शनमा पार्टीका सम्पूर्ण कार्यकर्ता, समर्थक तथा आम नागरिकलाई सक्रिय रूपमा सहभागी हुन आग्रह गरेको छ।

पार्टीले समान विचारधारा भएका सबै पक्षसँग सहकार्य, कार्यगत एकता र मोर्चाबन्दी गर्दै आन्दोलनलाई सशक्त बनाउने प्रतिबद्धता जनाएको छ।

राप्रपाले गलत सूचना फैलाउने व्यक्तिहरूलाई कारबाहीको माग गर्दै, आफ्नो आन्दोलनलाई “राष्ट्रवादी शक्तिहरूको एकताका लागि निर्णायक मोर्चा” बनाउने स्पष्ट संकेत दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर