काठमाडौं, ११ चैत्र – नेकपा एमालेका महासचिव शंकर पोखरेलले राजावादीहरूको तर्कलाई कडा शब्दमा आलोचना गरेका छन्। उनले भने, “आज कतिपय राजावादीहरू मुलुकको सङ्कटको मुख्य कारण संघीय लोकतान्त्रिक गणतन्त्र भएको दाबी गर्दैछन्। यो तर्क अनौठो लाग्छ, किनकि उनीहरूले राजाको समयमा नेपाली समाज कस्तो थियो भन्ने कुरा बुझ्न सकेका छैनन्।”

उनले थपे, “राजतन्त्र र पञ्चायतलाई ठीक मान्ने तर्क मूर्खतापूर्ण हो, र यस्तो कुतर्क गरेर राजनीतिज्ञ भन्नेहरूले जनतालाई भ्रममा पार्नु गलत हो। त्यसकारण, हामीले यस्तो भ्रमको विरुद्धमा दृढतापूर्वक उभिनुपर्छ।”

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

पोखरेलले लोकतन्त्र र गणतन्त्रको मूल्यको पक्षमा दृढ समर्थन व्यक्त गर्दै, यस्ता विचारलाई जनताको भलाइको विरोधी भएको बताए।

#rastradaily

प्रतिक्रिया

सम्बन्धित खवर