काठमाडौं, ०८,चैत्र – नेपालका सार्वजनिक विद्यालयहरूले लेखक शिव न्यौपानेको जीवनी कथालाई आफ्नो परीक्षा प्रश्नपत्रमा समावेश गरेर उनलाई ठूलो सम्मान प्रदान गरेका छन्। यस सम्मानलाई शिव न्यौपानेले आफ्नो फलाङ खाद्य शब्दकोश को लागि महत्वपूर्ण समर्थनको रूपमा व्याख्या गर्दै, यो उपलब्धि आफ्नो जीवनको सबैभन्दा ठूलो सम्मान मान्नुभएको छ।

न्यौपानेको जीवनी १५ सार्वजनिक विद्यालयहरूको कक्षा ९ को अंग्रेजी विषयको १० अंकको प्रश्नपत्रमा समावेश गरिएको छ, जसले उनका कार्यलाई विद्यालय स्तरमा मान्यता दिई प्रभावकारिता र महत्त्वमा प्रोत्साहन पुर्याएको छ।

शिव न्यौपाने, जसको जन्म गल्याङ नगरपालिका, स्याङ्जामा भएको हो, नेपालको पहिलो खाद्य शब्दकोश प्रस्तुत गरेर नेपालको सांस्कृतिक धरोहरलाई विश्वभर चिनाउने उद्देश्य राखेका छन्। उनले यस अवसरमा भने, “मलाई गर्व छ कि मेरो जीवनी र कार्यलाई विद्यालयहरूले मान्यता दिएका छन्। यसले मेरो कामलाई अझ ठूलो प्रेरणा दिनेछ र भविष्यमा खाद्य शब्दकोशको कामलाई अझ प्रभावकारी बनाउन मद्दत गर्नेछ।”

उनका अनुसार, फलाङ खाद्य शब्दकोश नेपालको खानपान संस्कृतिलाई प्रवर्द्धन गर्ने र संसारभरिका पाठकहरूलाई नेपाली खाद्य परम्परा र विशेषता बारेमा बुझ्नमा सहायता पुर्याउने एक महत्त्वपूर्ण प्रयास हो।

त्यसैगरी, अष्ट्रेलियाका पूर्व प्रधानमन्त्री स्कट मोरिसनले पनि शिव न्यौपानेको बहुसांस्कृतिक खाद्य शब्दकोशलाई सकारात्मक प्रतिक्रिया दिएका छन्। उनले २०२१ मा आफ्नो कार्यकालमा यो शब्दकोशको सराहना गर्दै नेपालको खाद्य संस्कृति र परम्पराको संरक्षण र प्रवर्द्धनमा यसको योगदानलाई महत्त्वपूर्ण मानिएको छ।

शिव न्यौपानेको यो योगदान नेपालका विद्यालयहरूमा अध्ययन गरिरहेका विद्यार्थीहरूको लागि प्रेरणाको स्रोत बन्ने विश्वास व्यक्त गरिएको छ। फलाङ खाद्य शब्दकोश आजको युवा पुस्तालाई नेपाली खाद्य संस्कृतिका महत्त्वपूर्ण पक्षहरू बुझ्न र सराहना गर्न प्रोत्साहित गर्दै, नेपालको सांस्कृतिक धरोहरको संरक्षणमा योगदान पुर्याइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर