
कालीगण्डकी गाउँपालिका, बिर्घा स्याङ्जा – कालीगण्डकी गाउँपालिकाको आयोजना मा सहकारी र गरीबी सम्बन्धि व्यवस्थापन सूचना प्रणाली (COPOMIS) को दुई दिने तालिम सम्पन्न भएको छ।
यस तालिममा कालीगण्डकी गाउँपालिकाका विभिन्न सहकारी संस्थाका प्रतिनिधिहरूले सहभागिता जनाए। सहभागी सहकारी संस्थामा उपकार बचत, पालिचौर ग्रामीण बचत, आमा सहकारी, सुलभ सहकारी, कञ्चन सहकारी लगायतका संस्थाहरू रहेका थिए।
तालिमले सहकारी व्यवस्थापन र गरीबी निवारणका लागि COPOMIS को प्रभावकारी उपयोगमा विशेष जोड दिएको थियो। सहभागीहरूलाई सहकारी संस्थाहरूको दिगो विकास र गरीबी निवारणमा यस प्रणालीले सकारात्मक परिवर्तनहरूको नयाँ दृष्टिकोण ल्याउने उद्देश्य राखेको छ।