श्री भवानी माध्यमिक विद्यालय कालीगण्डकी ३ वैघाले आफ्नो ७१औं वार्षिकोत्सब एवं ५१औं अभिभावक दिवस औपचारिक समारोहका बीच सम्पन्न गरेको छ।
सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गर्दै विगतमा जस्तै आज पुस १० गते औपचारिक समारोह आयोजना गर्दै विद्यालयले आफ्नो स्थापनाको ७१औं वार्षिकोत्सब भव्य रुपमा सम्पन्न गरेको हो।
वार्षिकोत्सबको अवसरमा दुर्गा राना कालीगण्डकी २ लसर्घाबाट पाँच हजार पाँच सय पचपन्न,कालीगण्डकी ४ खहरे हाल अमेरिका निवासी पुर्व विद्यार्थी छविलाल भण्डारीबाट एघार हजार एक सय एघार,गिरमान थापा कालीगण्डकी ३ आलमदेवीबाट एक्काईस हजार एक सय एक्काईस,कालीगण्डकी ४ बिर्घा माझखण्ड निवासी मुक्ति प्रसाद भट्टराईकाे धर्म पत्नी(विद्यालयकी पुर्व शिक्षिका) ज्ञाना देवी पाण्डे(भट्टराई)बाट कालीगण्डकी ३ बाङ्गाबाटा निवासी स्व. बुवा काेषल प्रसाद पाण्डे र स्व. आमा कुविजा देवी पाण्डेकाे स्मृतिमा ब्याज रकम विद्यालयकाे हक हितमा प्रयाेग गर्न सक्ने गरि रू पचास हजार,विद्यालयका पूर्व विद्यार्थी मौला कालिका हस्पिटलका डाइरेक्टर चितवन निवासी डा.केशवराज भूर्तेलले रू एक लाखको अक्षय कोष स्थापना गर्नुभएको छ । उहाँले यस अघि विद्यालयको साइन्स ल्याव बनाउन रू चार लाख सहयोग गर्नु भएको थियो।
सोही अवसरमा विद्यालयले दाताहरु एवं विद्यालयलाई विशेष योगदान पुर्याउनुहुने कालीगण्डकी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे समेतलाई सम्मान गरेको थियो।
विद्यालयले प्रत्येक बर्ष पुस १० गते विद्यालयको वार्षिकोत्सब एवं अभिभावक दिवस मनाउदै आएको छ।