तानसेन, रामपुरकि लक्ष्मी तिवारी (तिवारी आमा)ले तिजपर्वलाई अहिलेको युवा पुस्ताले छाडा र रत्यौली जस्तो बनाउने गरेकोमा आफना्े चित्त दुखेको बताउनुभएको छ ।
तानसेन नगरपालिका वडा न १२ मा रहेको क्याम्पफायर स्टेशनले महिलाहरुको लागि आयोजना गरेको तीजको दर खुवाउने कार्यक्रममा पत्रकारहरुसँग कुराकानी गर्दे उहाँले यस्तो बताउनु भएको हो । उहाँले भन्नुभयो अहिलेका गीत र नाँचहरु परम्परागत र मौलिक भन्दा पनि पश्चिमेली संस्कृतिको प्रभाव वढेको छ यो राम्रो होइन यस्तोबाट भोली हाम्रा पुस्ताले के सिक्छन त्यसमा ख्याल राख्नु जरुरी छ ।
उहाँले तीजका गीतका नाममा गहना प्रदर्शन गर्ने, कपडा प्रदर्शन गर्ने र एकजना पुरुष नाच्नै पर्ने र गीतमा पनि अश्लिल, छाडा र उत्यौली टाईपका गीत गाउने र नाच्ने चलन बढेकोले यस्तो विकृती हटाउनु पर्ने बताउनुभयो ।
सो अवसरमा उहाँले राजनीतिक, सासुबुहारी तथा सामाजिक तिजका गितहरु गाउनु भएको थियो । स्थानीयहरु उहाँको गीतमा निकै खुलेर नाचेका थिए ।