मलेसियाको क्वालालम्पुरस्थित कोतारायामा अवस्थित (YY48) होटलको अगाडि सडकपेटीमा प्यारालाईज भएर सुतेका नेपाली कामदार लोकेन्द्र बहादुर बुढालाई नेपाली राजदूतवास क्वालालम्पुरले उद्धार गरि स्वदेश फर्काएको छ ।

उनलाई यहीँ अगष्ट ६ तारिखको दिन हिमालय एयरलाईन्सको उडानबाट स्वदेश फर्काईएको हो ।
लोकेन्द्रको उद्धारमा प्रत्यक्ष खटिनु भएका नेपाली राजदूतवासका जनसम्पर्क सह-अधिकृत बिक्की अधिकारीका अनुसार १ अगष्टको दिन YY48 होटलका कर्मचारीले दूतवासको हटलाईन नम्बरमा फोन गरेर दयनिय अवस्थाका एक नेपाली होटलको सडकपेटीमा केहिदिन देखि दुर्घन्धित अवस्थामा सुतिरहेको जानकारी गराएका थिए ।

एक नेपाली त्यस्तो अवस्थामा रहेको जानकारी पाएपछि तुरुन्तै जनसम्पर्क सह-अधिकृत बिक्की अधिकारी स्वयं नै उक्त स्थानमा पुगेर प्यारालाईज भएको शरीर लिएर आफ्नै दिसापिसाको दुर्घन्धमा डुबेका लोकेन्द्रलाई उद्धार गरेका थिए ।

उद्धार पछि राजदूतवासले लोकेन्द्रको परिवारसंग सम्पर्क गर्दा उनी ६/७ महिना देखि सम्पर्कमा नरहेको भन्ने जानकारी गराएको छ । “यति लामो समय सम्पर्कमा नहुदा कतै बुवामाथि अप्रिय घट्ना पो घट्यो कि !” भनेर छोराले सुनाएको आशंकालाई उद्घृत गर्दै नेपाली राजदूतवासका जनसम्पर्क सह-अधिकृतले भन्नू भयो,- लोकेन्द्रलाइ उनको घरपरिवारको आग्रहमा अध्यागमनमा लाग्ने शूल्क, हवाई टिकट लगायतका सम्पूर्ण सहयोग उपलब्ध गराई स्वदेश फर्काईएको हो ।

ल‍ोकेन्द्रको उद्धारमा खाने-बस्ने ब्यवस्थाका लागि नेटफार एसडिएन बिएचडी का निर्देशक नेत्र केसिसंग राजदूतवासले सहयोग लिएको थियो,

मलेसियाको सडकपेटीमा बेवारिसे सुत्ने र दूतावासद्वारा उद्दार भैइ स्वदेश फर्किएका यी एकजना नेपाली त नमुना पात्र मात्रै हुन , राजधानी क्वालालम्पुर कोतराया र दूतावासकै वरिपरि आसपासको सडकपेटी र पुलमुनी बेवारिसे बस्ने अवैधानिक , बिरामी रोगी नेपालीको संख्या अत्याधिक धेरै नै रहेको छ, तर पनि सम्बन्धित निकाय र दूतावासले ती बेवारिसे नेपालीहरु लाई स्वदेश फर्काउन उचित कदम नचाल्दा तिनीहरु सबै भिख मगेर खान र सडकपेटीमै बेवारिसे सुत्न बाध्य छ्न ।

प्रतिक्रिया

सम्बन्धित खवर