रामचन्द्र नेपाल

मलेसियाको पाहाङ राज्यमा गैरकानुनी तरिकाले सरकारी जग्गा अतिक्रमण गरि  डुरियन फलको खेती गर्दै आएका तीनजना नेपालीसहित ४८ जना नागरिक पक्राउ परेका छ्न ।

यहीँ अगस्ट ६ तारिख मंगलबारको दिन स्थानीय प्रहरीले चालेको अप्रेसनमा गत बर्षदेखिनै पाहाङको रउब भन्ने एक ठाउँमा सरकारी जग्गा अतिक्रमण गरि ३ जना नेपालीसहित , बङ्गाली , म्यानमार लगायत देशको नागरिकहरुले स्थानीय ओराङ् असली र मेलायुसंग मिलेर अवैधानिक गैरकानुनी रुपमा डुरियन लगायतका फल खेती गर्दै आएका तिनीहरु सबैजनालाई पक्राउ गरिएको पहाङका प्रहरी प्रमुख दातुक सेरी याह्या ओथमानले बताए ।

प्रहरी प्रमुख दातुक सेरी याह्या ओथमानले पक्राउ परेकाविरुद्ध पहाङ प्रदेश प्रवर्तन इकाइ (युपीएनपी) र जिल्ला वन कार्यालयलगायतका निकायसँग परामर्श र अनुसन्धानका साथै सरकारी जग्गा अतिक्रमण गरेको कसुरमा दफा ४४७ को बमोजिम तीनवटा मुद्दा सहित अनुसन्धान अगाडि बढाइएको बताए ।

प्रहरी प्रमुखका अनुसार अदालतले यहाँका जग्गा राज्य सरकारको हो भनी पुष्टि गरिसकेकाले अनैतिक गैरकानुनी कार्यलाई निषेध गर्न अदालतको आदेशलाई हामीले लागू गरिरहेका छौं। ,” अब पाहाङको अन्य ठाउँमा पनि यसरी नै गैरकानुनी तवरले अतिक्रमण गरेर अनुमति नलिइ खेती गर्नेहरुलाई पालैपालो पक्राउ गरेर कारवाही गरिने बताए । Source : Bernama 

प्रतिक्रिया

सम्बन्धित खवर