अभिनेता राजेश हमालले पुनरागमन गर्न लागेको फिल्मको नाम तय भएको छ । फिल्मको टाइटल ‘नरसिंहा अवतार’ तय गरिएको निर्देशक दिवाकर भट्टराईले जनाए ।

‘टाइटल लोगो’ सार्वजनिक गर्दै मेकरले यसबारे जानकारी गराए । यो सोसल-एक्सन ड्रामामा अभिनेता हमालको शीर्ष भूमिका हुनेछ । शनिबार हमालले फिल्मसँग औपचारिक समझदारी गरेका छन् ।

हिन्दु धर्मको अनुसार नृसिंह समेत भनिने ‘नरसिंह’ अवतार भगवान विष्णुको चौथो अवतार हो । दैत्यराज हिरण्यकश्यपुको बध गर्नको निमित्त र भक्त प्रह्लादको उद्दार गर्नका लागि विष्णु भगवानले नरसिंहावतार धारण गर्नुपरेको थियो ।

निर्देशक भट्टराईको यो धार्मिक कहावतको थिममा फिल्म निर्माण हुन लागेको बताए । यो फिल्ममा हमालबाहेक अन्य कलाकारबारे जानकारी दिइएको छैन ।

लामो अन्तरालपछि हमालले यो फिल्मबाट कमब्याक गर्दैछन् । उनको पछिल्लो छायांकन फिल्म ‘शकुन्तला’ भएपनि रिलिजको हिसाबले ‘सीता’ थियो । जसअनुसार पाँच वर्षपछि हमालको कमब्याक हुन लागेको हो ।

निर्देशक भट्टराईले नयाँ लुक्स र पात्रमा हमाललाई फर्काउने दाबी गरेका छन् । क्रिएटिभ सिने आर्टको प्रस्तुति रहने फिल्मको बजेट तीन करोड रुपैयाँ हुने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर