१५ भाद्र २०७७, सोमवार
अहिले देशभरीनै फुड वैकको संचालन गर्ने लहर चलेको छ । यसैक्रममा पाल्पाको रामपुरमा पनि फुड बैकको स्थापना गरिएको छ । लायन्स क्लव अफ रामपुरको समन्वयमा रामपुर युवा क्लव, सिज नेपाल, युथ युनियन मटेरी, इस्लामिक सक्रिय युवा समाज र भम्बक युनाइटेड युथ क्वलको सहकार्यमा फुड बैंक स्थापना भएको हो
“सक्नेले दिएर जाऔं, नसक्नेले लिएर जाऔ” भन्ने उदेश्यका साथ रामपुर नगरपालिकाका वडा नम्बर ४ र ५ का विभिन्न टोलमा फुड बैंक राखिएको फुड बैंक अभियानका संयोजक तथा लायन्स क्लब रामपुरका अध्यक्ष पुरुषोत्तम केसीले जानकारी दिनुभयो ।
दैनिकी चलाउन समस्या हुनेहरुलाई लक्षित गर्दै फुड बैंक स्थापना गरेको लायन्स क्लबका बिष्णु पौडेलले बताउनुभयो ।दैनिक साझ २ घण्टा घुम्ती फुड बैंक चल्नेछ ।फुड बैंक स्थापनाका लागि खुल्ला आह्वान गरिए अनुसार जनप्रतिनिधि, ब्यापारी, व्यबसायी, उद्योगी, संघ सस्थाका प्रतिनिधि र आम नागरिकले सकेको सहयोग गरिरहेका छन ।
हालसम्म १ लाख ४५ हजार बढीको सहयोगमा खाद्यान्न जुटाई १ सय ८० घर परिवारलाई बितरण गरि सकिएको आर्थिक संयोजक तथा युथ युनियन क्लब मटेरीका दिपेन्द्र प्रसाद भट्टराईले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर