बेलायतको गुल्मेली भेला आगामी अगष्ट पहिलो साता हुने भएको छ ।

मेलामा सांगीतिक प्रस्तुति दिन गुल्मेली कलाकार गायिका सुशिला गौतम र गायक दिपक घर्ति जाने भएका छन ।

अगष्ट ४ तारिख आइतबार लन्डन फेल्थामस्थित ट्युडोर पार्क स्पोर्ट्स एण्ड लिजरको मैदानमा गुल्मी जिल्ला समाज यूकेले १६ औं वार्षिक भेला गर्ने भएको हो ।
प्रथम नौमति बाजा गुल्मी यूके समूहको प्रस्तुतिका साथै विविध मौलिक गुल्मेली सांस्कृतिक कार्यक्रमहरु भेलाका थप आकर्षण रहनेछन् ।
वर्ष पहिलोपटक गुल्मी जिल्लाका सबै स्थानीय पालिका प्रमुखहरुलाई निम्त्याइएको समाजका महासचिव महलाल घिमिरेले जानकारी दिए । गुल्मीका १० गाउँपालिका र दुई नगरपालिकाका प्रमुख तथा जिल्ला समन्वय समितिका सभापति समेतलाई निमन्त्रणा पठाइएको उनले      बताए ।
भेलाकी संयोजक एवम् समाजकी उपाध्यक्ष मञ्जु भण्डारी खरेलले कार्यक्रमको तयारीका कामहरु भइरहेको जानकारी दिनुभयो ।
कार्यक्रममा विश्वभर छरिएर रहेका गुल्मेलीहरुको भावनालाई प्रतिबिम्वित गर्ने पहिलो गुल्मेली स्वागत गीत पनि विमोचन गरिनेछ ।
भेलामा राष्ट्रिय कलाकारका सांगीतिक प्रस्तुति र नौमती बाजासंगै गुल्मेली झयाउरे, ठाको भाकादेखि भजन र तीज गीतसम्मका नाचगानहरु गर्ने गरिन्छ ।
कार्यक्रमस्थलमा विभिन्न व्यापारिक स्टहरु पनि राखिनेछ । त्यस्तै, बालबालिकाका लागि बाउन्सी क्यासलसहितका मनोरञ्जन पनि रहनेछन् ।
कार्यक्रममा सहभागी हुन लन्डन र आसपासबाहेक मिडल्यान्ड, वेल्स स्कटल्यान्डबाट समेत सयौं गुल्मेलीहरु आउने गर्छन् ।
समाजका अध्यक्ष रुद्र थापाले गुल्मी जिल्ला समाजको आयोजना रहेपनि भेलामा बेलायतवासी सबै नेपालीलाई स्वागत गर्न आतुर रहेको बताउनुभयो ।
‘यो बेलायतका विभिन्न क्षेत्रमा छरिएर रहेका हामी गुल्मेलीहरुको वार्षिक भेटघाट मात्रै होइन, यहाँका अरु नेपालीहरुको पनि सुखद जमघटको अवसर बनोस् भन्ने हाम्रो चाहना छ’, अध्यक्ष थापा भन्नुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर