अमेरिकाको भर्जिनियाको राज्यको पर्यटकीय शहर तथा पुरानो चर्चित लिज्बर्ग शहरमा नेपालीहरुले संचालन गरेको इलाइट ब्राउ स्टुडियो अर्थात् शृंगारगृहलाई नगर प्रमुख केली बर्कले उद्घाटन गरेकी छिन् ।
जुलाई २७ शनिबारका दिन संचालन भएको दोश्रो बार्षिकउत्सवको उपलक्ष्यमा एक छोटो कार्यक्रमको आयोजना गर्दै केक समेत काटी केही बिशेष छुटको समेत घोषणा गरियो ।
नगर प्रमुख बर्कले संचालकहरु द्वय सुबास अधिकारी तथा अर्जुन केसीलाई शहरको तर्फबाट धन्यबाद दिईन । साथै उनले साना व्यवसायलाई प्रोत्साहन गर्ने वचन दिदै आफूले सहयोग गर्ने र शुभकामना दिईन् ।
संचालकहरु द्वय अधिकारी तथा केसीले यो समेत भर्जिनियामा ३ वटा व्यवसाय संचालन भएको बताए । एउटा लिज्बर्ग ,दोश्रो मनासस र तेश्रो फल्स चर्चामा शृंगार गृह संचालनमा रहेको बताए ।
आज आउने ग्राहक सबैलाई आँखीभुई तथा थ्रेडिङ्ग(धागोकरण)मा केवल ५ डलर राखिएको थियो । साथै आउने ग्राहकले चिट्ठा भरेमा एउटा एप्पलको कानमा सुन्ने श्रवण उपकरण( एप्पल इयर बड ) तथा अर्को भाग्यशाली बिजेतालाई बर्ष भरि नि;शुल्क आँखीभुई तथा थ्रेडिङ्ग(धागोकरण) गर्न पाउने बताए ।
साथै कर्मचारीहरुलाई बिदाको सुविधाको साथै मुनाफा हुँदा लाभांश (बोनस )समेत प्रदान गरिने अधिकारी तथा केसीले बताए । स्मरण रहोस ,अमेरिका यस्ता व्यवसायमा अधिकांश नगदमा काम गर्ने र जागिरको कुनै भर नहुने पेशामा पनि नेपालीहरुद्वारा संचालित इलाइट ब्राउ स्टुडियो अर्थात् शृंगारगृहले यसका कर्मचारीहरुलाई बिदा सुबिधा (भ्याकेसन)र बोनस( लाभांश )समेत दिने गरेको छ ।