स्याङ्जाको वालिङमा र हेका वैंक तथावित्तिय संस्थाह रुकाकर्मचारीको क्लववालिङ वैंकर्स क्लवको शुक्रवार आयोजनागरिएको विशेष साधारण सभावाट गरिमाविकास बैंक वालिङका शाखा प्रमुख प्रेमकिशोर अर्याल अध्यक्षमा सर्वसम्मत चयन भएका छन् ।
यस अघि पहिलो अधिवेशनवाट नेपालइन्भेष्टमेन्ट मेगा वैंकका शाखा प्रमुख उज्वलश्रेष्ठ अध्यक्ष थिए । श्रेष्ठको सरुवा भएपछि क्लवको काममा निरन्तरता दिन विशेष साधारणसभा मार्फत नयाँ नेतृत्वचयन भएको क्लवका उपाध्यक्ष दीपक काफ्लेले जानकारी दिए ।
यसैगरी उपाध्यक्षमा एनएमवी बैंकका शाखा प्रमुख दीपककाफ्ले लाई चयनगरिएको छभने अन्य पदाधिकारी भने पुरानै रहेको बैकर्स क्लवले जनाएको छ ।
सचिवमा राष्ट्रिय बाणिज्य बैंकका लिला गुरुङ्, कोषाध्यक्षमा प्रभु बैंकका सन्तोष पौडेल र सहसचिवमा लक्ष्मी सनराइज बैंकका मणी बस्याल रहेका छन् । सदस्यहरु वालिङ नगरपालिकाभित्रका (क), (ख) र (ग) वर्गका बैंक तथावित्तिय संस्थाका शाखा प्रमुख रहने व्यवस्था रहेको बैकर्स क्लवका पुर्व अध्यक्ष उज्जलश्रेष्ठले जानकारी दिए । यो क्लवमा बैंकका शाखा प्रमुखहरु मात्रै साधरण सदस्यबन्न पाउने व्यवस्था गरिएको छ ।
जिल्लाकै मध्यभागमा रहेको वालिङ नगरपालिका बैंकहरुको हवका रुपमा परिचित छ । अहिले सम्म (क), (ख) र (ग) वर्गका बैंकका २३ वटा शाखा रहेका छन् । क्लवले बैंकको सेवा सुविधा देखी सबै बैंकहरु बिचको समन्वयको भुमिका खेल्ने छ भने सामाजिक उत्तरदायीत्वमा कामगर्दै बैंक वित्तिय सचेतनाकार्यक्रम संचालनगर्ने उदेश्य रहेको क्लवकानवनिर्वाचितअध्यक्ष प्रेमनारायण अर्यालले बताए । बैंक—बैंकको समन्वयन हुँदा सेवाग्राहीमा पर्ने असुविधालाई सुविधामा जोड्ने गरी कामगर्ने अध्यक्षअर्यालले बताए ।
साधारण सभामा  वालिङनगरपालिका भित्र रहेका वैक तथावित्तिय संस्थाका प्रमुख तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । वैक र सेवाग्राही दुवैको हितमा नयाँकार्यसमितीले कामगर्ने क्लवले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर