घरझगडा सामाजिक सञ्जालबाट सार्वजनिक हुँदा त्यसले व्यक्तिको मानमर्यादा र मानसिक रुपमा कस्तो असर पुर्‍याउला ? साना कुरालाई पनि बढाइचढाइ बाहिर ल्याउँदा यसले सामाजिक सद्भाव कसरी खलबल्याउन सक्छ ?

कथित अभियन्ताको नाममा घरझगडा युट्युबमा सार्वजनिक गर्ने प्रवृत्तिलाई कटाक्ष गर्दै ‘हल्का रमाइलो’ले नयाँ एपिसोड ल्याएको छ । आइतबार हिमालय टिभीबाट सार्वजनिक सिरियलको पछिल्लो एपिसोडले युट्युबरको यस्तो प्रवृत्तिलाई व्यंग्य मात्र गरेको छैन, सामाजिक सन्देश पनि दिने प्रयास गरेको छ ।

सिरियलको पछिल्लो एपिसोडमा ‘इन्द्रेणी’ कार्यक्रमका कृष्ण कँडेल र शर्मिला श्रेष्ठबीचको पछिल्लो विवादलाई पनि कटाक्ष गरिएको छ । सिरियलमा मरिचमान श्रेष्ठ ‘बल्छी धुर्वे’ र पुजन घिमिरे ‘पुकु’ युट्युबर बनेका छन् । उनीहरुले घरझगडालाई युट्युब लगायतका सञ्जालमा सार्वजनिक गरेपछि त्यसले ल्याउने सामाजिक समस्याको कथावस्तु यसमा चित्रण गरिएको छ ।

‘युट्युबरले आफैं समस्या निम्त्याउने र आफैं न्याय दिन खोज्ने प्रवृत्तिलाई हामीले व्यंग्य गरेका छौं,’ ‘हल्का रमाइलो’को पछिल्लो एपिसोडबारे बल्छी धुर्वे भन्छन्, ‘यसले सामाजिक र पारिवारिक मेलमिलापलाई पनि बिगार्ने र व्यक्तिको चरित्र हत्या हुने सम्मको काम गरेको छ । हामीले यसतर्फ सचेत गराएका छौं ।’

वान–एक्स बेट प्रकरणमा आफू प्रहरीबाट समातिंदा युट्युबरले गलत प्रचार गरेको र यसले परिवारमा असर पारेको अनुभवलाई पनि यो एपिसोडमा दर्शाएको बल्छी धुर्वेले बताए ।

बल्छी धुर्वेकै निर्देशन रहेको यो सिरियलमा लक्ष्मी गिरी, शारदा गिरी, सविन बास्तोला, सिरु विष्ट, दीपेन्द्र तिमिल्सना, राजु पौडेल, कृष्ण सिवाकोटी, कमला रेग्मी लगायतको अभिनय छ ।

http://<iframe width=”695″ height=”391″ src=”https://www.youtube.com/embed/aaffon1rKCg” title=”Halka Ramailo | हल्का रमाईलो | Episode 221 || 10 March || 2024 || Balchhi Dhurbe || Nepali Comedy” frameborder=”0″ allow=”accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share” allowfullscreen></iframe>

 

प्रतिक्रिया

सम्बन्धित खवर