रामचन्द्र नेपाल

अखिल नेपाल महिला संघ रामपुर नगरकमिटी पाल्पाको चौथो बैठक  सम्पन्न भएको छ ।अखिल नेपाल महिला संघ रामपुर नगरकमिटी अध्यक्ष राधिका भण्डारीको अध्यक्षतामा भएको बैठकका मुख्य पाहुना नेकपा एमाले केन्द्रिय सल्लाहकार परिषद सदस्य एबँ पुर्ब लुम्बिनी प्रदेश सभा सदस्य युबराज खनाल रहनुभएको थियो ।मुख्य पाहुना खनालले अखिल नेपाल महिला संघ महिला हकहित, अधिकार र समानताको लागी शसक्त रुपमा लागिरहेको बताउनुभयो । उहाँले महिलाहरु सामाजिक र राजनीतिक क्षेत्रमा पुरुष सरह अगाडी बढिरहेकाे बताउँदै आर्थिक हिसाबले पनि आत्मनिर्भर हुन जरुरी रहेको बताउनुभयो ।

बैठकलाई सम्बोधन गर्दै अखिल नेपाल महिला संघका केन्द्रिय सदस्य एबँ नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य दुर्गादेबि राना र लुम्बिनी प्रदेश सभा सदस्य राजुप्रसाद श्रेष्ठले अखिल नेपाल महिला संघ रामपुर नगरकमिटीले रामपुरमा विभिन्न रचनात्मक काम गर्दै महिलाहरुलाई अगाडी बढाउन हरेक समस्यामा पहरेदारको काम गरिरहेकोमा धन्यवाद दिनुभयो ।
मदन आश्रित भवन रामपुर बेझाँडमा भएको बैठकमा नेकपा एमाले रामपुर नगरकमिटी अध्यक्ष बिष्णुप्रसाद रेग्मी , नेकपा एमाले वडा नम्बर ३ रामपुरका वडा कमिटी अध्यक्ष ईश्वरीदेबि खनालले बैठकबाट भएको निर्णय अक्षरस कार्यान्वयन गर्न सबैलाई अनुरोध गर्नुभयो ।
अखिल नेपाल महिला संघ रामपुर नगरकमिटी सहसचिब रिता पोखरेलको संचालन र नगरकमिटी सदस्य गँगा अधिकारीले स्वागत मन्तव्य राख्नुभएको बैठकले अन्तरास्ट्रिय श्रमिक महिला दिबसको अबसरमा यही फागुन २४ गते रामपुरका १० वटै वडाबाट प्रतिनिधित्व हुनेगरी आमा समुहहरुको सहभागीतामा हाजिरीजवाफ प्रतियोगिता गर्ने निर्णय गरेको नगर कमिटी अध्यक्ष राधिका भण्डारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर