रामचन्द्र नेपाल

नेपाल विद्युत प्राधिकरण पाल्पा वितरण केन्द्रले आफुले हाल गरिरहेको र आउदा दिनहरुमा गर्ने कामहरुको बारेमा जानकारी गराउन पत्रकार भेटघाट कार्यक्रमको आयोजना गर्यो ।
पत्रकार भेटघाट कार्यक्रममा केन्द्रका प्रमुख इन्जिनियर दिलिप मरासेनीले सहज रुपमा विद्युत आपूर्तिका लागि यस वर्ष तानसेन बजार क्षेत्र सहित विभिन्न स्थानमा ३३ वटा टूान्सफर्मर जडान गरिएको, ८ वटा वितरण ट्रान्सफर्मरको क्षमता वृद्धि गरिएको, ५० प्रतिशत काठका पोल बदल्नेगरी काम भएको जानकारी गराउनुभयो ।
उहाँले तानसेन खानेपानी उपभोक्ता समितिको भुल्के खण्डको खानेपानी महशुलमा ग्राहक वर्ग परिर्वतन गरी करिब ५० प्रतिशत छुट दिएको, माघ महिनादेखि अनलाइन डिभाइस रिर्डिङ सेवा लागु समेत जानकारी गराउनुभयो ।
केन्द्र प्रमुख मरासेनीले कालोसूचिमा रहेका २० जना ग्राहकबाट २ लाख ९६ हजार, २ सय ६३ रुपैयाँ असुल गरिएको र बुटवल पाल्पाको ३३ केभी लाइन जैगलको रुट हुँदै आएकोले हिउद वर्षात जुनसुकै समयमा पनि दुख दिएकोले सिर्दाथ राजमार्गको चरचर डुम्रे हुँदै सञ्चालन गरिएको, माथागढीको झडेवा, जगात, धमिगा, भुटुके र तिनाउ ४ को सत्यवती गिजनचौरमा केन्द्रीय लाइन सञ्चालनमा ल्याएको समेत जानकारी गराउनुभयो ।
निस्दी गाउँपालिकामा पहिलो पटक केन्द्रीय लाईन पुर्याई विद्युतिकरण गरि नयाँ फ्युज सेवा निस्दी गाउँपालिकाको वडा नं ४ मिल्यालमा स्थापना गरिएको जानकारी गराउनु भयो ।यस आर्थिक वर्षमा पाल्पाको सवै स्थानमा विधुतिकरण गरिसक्ने,बुटवल पाल्पा ३३ केभी लाईनमा समस्या हुदा गुल्मी तिरबाट आउने लाईनलाई पनि भरपर्दाे गराउने योजना रहेको समेत बताउनुभयो ।यसैगरी केन्द्र प्रमुख मरोसेनीले तानसेन नगरपालिको सडक बत्तीको नया वास्तविक लोड निकाली विलिङ प्रकृया शुरु गर्ने लगायतका कार्यहरु यस वर्ष हुने पनि जानकारी गराउनुभयो ।
तानसेन बजार निकै साघुरो भएकाले थप लाईन विस्तार गर्न निकै कठिन र आफ्नो घर जग्गा नजिक कसैले पनि संरचना बनाउन नदिने भएकाले पनि समस्या भएको बताउनुभयो ।साथै उहाँले केही सामुदायिक संस्था अत्यन्तै कमजोर अवस्थामा संचालित रहेकाले (भुवनपोखरी)तिनिहरुलाई आवश्यक सुधार गर्न लगाउने वा खारेजी गर्नुपर्ने सम्मको अवस्था आउन लागेको समेत जानकारी गराउनु भयो ।
पाल्पा जिल्ला र सिजी सिमेण्ट,सर्देवाको विद्युत भरपर्दाे बनाउन नेपाल विद्युत प्राधिकरणले रिडीमा निमार्ण गरिरहेको १३२÷३३÷११ केभीको सबस्टेशन जति सक्दो छिटो निमार्ण समपनन गर्न सम्पन्न गर्न सहजीकरण तथा समन्वय गर्ने, सामुदायिक संस्थाहरुलाई क्रमिक रुपमा खारेज गरि विद्युत प्राधिकरण मातहतमा ल्याउने तयारी गरिरहेको समेत जानकारी गराउनुभयो ।
कार्यक्रममा पत्रकारहरुले पाल्पामा विद्युतको अवस्था र पाल्पाली जनताहरुले भोगिरहेको समस्याहरु सुनाएका थिए । सो अवसरमा केन्द्र प्रमुख मरासेनीले सवैको सहयोगले हाल देखिएका समस्याहरुलाई समाधान गर्दै लैजाने र सवैको सहयोग आवश्यक रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर