रामचन्द्र नेपाल

तानसेन,बगनासकाली गाउँपालिका वडा नं ४ राम्दी मलेङमा रहेको राम माध्यमिक विद्यालयले ६८ औ वार्षिकोत्सब तथा अभिभावक दिवस मनाएको छ ।
कार्यक्रमको प्रमुख अतिथि जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ पाल्पाका प्रमुख महेन्द्र सुबेदी रहनु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि सुबेदीले विद्यालयले शिक्षा क्षेत्रमा गरेको योगदानको चर्चा गर्दै आफ्नो ठाउँबाट सबैले सवैले सहयोग गरे विद्यालयले अझै प्रगति गर्दै जाने बताउनुभयो । उहाँले शिक्षाका विकास नै सम्पूर्ण विकास हुने भएकाले सम्वन्धित निकायले समेत शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
वार्षिकोत्सवको अवसरमा विद्यालयका प्रधानाध्यापक डोलराज बस्यालले १ करोड ३२ लाख रुपैयाको आम्दानी खर्चको हिसाब किताव तथा शैक्षिक अवस्थाको वारेमा जानकारी गराउनु भएको थियो ।
वार्षिकोत्सवको अवसरमा प्रधानाध्यापक बस्यालले ८७ बटा अक्षयकोष स्थापना मार्फत १० लाख रुपैया स्थापना भएको समेत जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा सामाजिक श्रोत विकास केन्द्र नेपालका कार्यकारी निर्देशक चोपलाल गिरी,वडा सचिव माधव भण्डारी,रवि किरण मा.विका शिक्षक गोकुल अर्याल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालयले निकै प्रगति गरिरहेको भन्दै विद्यालय र यसलाई आजको स्थानसम्म ल्याईपुरयाउन योगदान पुरयाउनेहरुको संझना समेत गर्नुभएको थियो ।
सो अवसरमा गतवर्ष कक्षा १२ मा जिल्ला प्रथम हुने विपिना न्यौपाने,पालिका स्तरीय परिक्षामा प्रथम हुने सचिन न्यौपाने र शौरभ भट्टराइलाई सम्मान पत्रले सम्मान गरिएको थियो ।
वार्षिकोत्सव समारोहमा शिक्षक अम्बिका पोखरेलले पाहुनाहरुको स्वागत गर्नुभएको थियो भने शिक्षक ओमप्रकाश न्यौपाने, विद्यार्थीहरु धनबहादुर सारु,अन्जली गैरे र गरिमा न्यौपानेले कार्यक्रम संचालन गर्नुभएको थियो ।विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्रप्रकाश श्रेष्ठको अध्यक्षतामा कार्यक्रम भएको थियो विद्यार्थीहरुले सास्कृतिक कार्यक्रम समेत देखाएका थिए भने उत्कृष्ठ विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर