तानसेन, पाल्पाको तानसेनमा प्रथम तानसेन महोत्सव शनिवारबाट शुरु भएको छ ।
तानसेन नगरपालिकाको आयोजनामा भएको महोत्सवको कानुन न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले एक विशेष समारोहका विचमा उद्घाटन गर्नुभयो । उद्घाटनको अवसरमा आफनो भनाई राख्दै सिद्धार्थ राजमार्गलाई डवल डेडिकेटेड सडक बनाउन पहिलो प्राथमिकतामा राख्ने बताउनु भयो । उहाँले राजनीतिक दलहरू अब विकासमा सहमति सहकार्य र एकताको भावनाले एकताबद्ध भएर लाग्नुपर्नेमा समेत जोड दिनुभयो ।
उद्घाटन समारोहमा प्रतिनिधिसभा सदस्य ठाकुर प्रसाद गैरे, राष्ट्रियसभा सदस्य राजेन्द्रलक्ष्मी गैरे, संविधानसभा सदस्य लिला सोमै,प्रदेश सांसद वीरबहादुर राना , जिल्ला समन्वय समितिका प्रमुख टंकनाथ खनाल, पाल्पाका प्रमुख जिल्ला अधिकारी आनन्द काफ्ले, नेपाली काँग्रेस पाल्पाका सभापती हिमालदत्त श्रेष्ठ, नेकपा माओवादी केन्द्र पाल्पा संयोजक राजेन्द्र वि.क.,राष्ट्रिय स्वतन्त्र पार्टीका जिल्ला उपाध्यक्ष सुमन गैरे, राप्रपाका जिल्ला अध्यक्ष डुलबहादुर कुवँर, नेकपा एकिकृत समाजवादीका कार्यवाहक जिल्ला अध्यक्ष मोहन गैरे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष विशाल दर्लामी, नेकपा मालेका अध्यक्ष धनराज पौडेल,नेपाल पत्रकार महासंघका उपाध्यक्ष भरत शर्मा लगायतले तानसेन महोत्सवको बारेमा आफना भनाईहरु राख्नु भएको थियो ।
सो अवसरमा तानसेन नगरपालिका नगर प्रमुख सन्तोषलाल श्रेष्ठले महोत्सवको बारेमा जानकारी दिनुभएको थियो भने उप–प्रमुख प्रतिक्षा गाहा सिंजालीले धन्यवाद ज्ञापन र नगरपालिका प्रवक्ता यादव सिंह कार्कीले उद्घाटन कार्यक्रम चलाउनु भएको थियो ।
महोत्सवको अवसरमा झाकी ¥याली समेत निकालिएको थियो । जसमा भुसालडाँडा माध्यमिक विधालयल प्रथम, सेन्ट कपितानियो स्कुल द्धितिय र पाल्पा आवासीय माध्यमिक विद्यालय तृतिय भएका थिए भने । ४ नं टोल विकास संस्था, धर्मोदय दशौंअवसार, साहारा कला केन्द्र, बर्तुङ मगर भेजा, र जनता माविले सान्त्वना पुरस्कार जितेका थिए । प्रथम, द्धितिय, तृतिय र सान्त्वना हुनेहरुलाई क्रमस नगद ५०हजार, ३० हजार, २० हजार र पाँच पाँच हजार पुरस्कार प्रदान गरिएको थियो ।
तानसेन महोत्सवमा ३ सय वटा स्टल रहेका छन् भने ३ लाख दर्शकले अवलोकन गर्ने लक्ष्य लिईएको छ । महोत्सवमा १० करोड भन्दा बढीको कारोवार हुने अपेक्षा गरिएको छ ।महोत्सवको अवधिभर विभिन्न राष्ट्रिय तथा स्थानीय कलाकारहरुले सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गर्नेछन

 

प्रतिक्रिया

सम्बन्धित खवर