१४ भाद्र २०७७, आइतवार

पूर्वाधार विकास कार्यालय, बाँकेका कार्यालय प्रमुख समनिषकुमार अर्याल घुससहित पक्राउ परेका छन् ।  श्रोत नखुलेको रु ५ लाख ३० हजार नगदसहित उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो ।

अर्याललाई कार्यालयको गाडीसहित भौतिक पूर्वाधार विकास मन्त्रालय प्रदेश नं ५ बुटवलको कार्यालय परिसरबाट पक्राउ गरिएको हो । अर्याललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले  जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर