जि.के. पाण्डे
आस्विन १९,
आमा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड कालीगण्डकी ४ बिर्घा द्वारा लागत सहभागितामा कालीगण्डकी ४ बिर्घा कट्टीमा निर्माणाधिन भवनको करिब ९० प्रतिशत काम सम्पन्न भएको छ।
२०७९/११/२९ मा शिलान्यास भइ काम सुरु भएको भवन कृषि तथा पशुपन्छी विकास मन्त्रालयको ५०% तथा कालीगण्डकी गा.पा को १०% लागत अनुदानमा निर्माण भइरहेको छ।

१ करोड २८ लाख ६५ हजारमा सम्झौता भएको भवनको भुइँ तलामा गोदामघर पहिलो तलामा सस्तो पसल र दोस्रो तलामा काउन्टर रहने छ।
२०७६ सालमा स्थापना भएको आमा बहुउद्देश्यीय सहकारी संस्थाले हाल कालीगण्डकी ४ बिर्घा कुलुम स्थित भाडाको भवनबाट सेवा प्रवाह गर्दै आइरहेको छ भने संस्थाको निर्माणाधिन भवनको बाँकी काम पनि द्रुत गतिमा अगाडी बढिरहेको र भवनले छिट्टै पूर्णता पाउने बिश्वास समितिले लिएको संस्थाका सह – सचिव ध्रुवराज पाण्डेले “राष्ट्र डेली”लाई जानकारी गराउनु भएको छ।
भवनले पूर्णता पाउनासाथ आउने घटस्थापनाबाट सहकारीले आफ्नै भवनबाट सेवा दिने लक्ष्य रहेको सह – सचिव पाण्डेले बताउनु भयो।

प्रतिक्रिया

सम्बन्धित खवर