१४ भाद्र २०७७, आइतवार

कोरीयामा रहेका नेपालीहरुले एक नेपाली चेलीको उपचारको लागि सहयोग गरेका छन ।
सिन्धुली घर भई कोरीयाको फाजुमा कृषि क्षेत्रमा काम गर्दे आएकि यम कुमारी थापा मगरलाई सहयोग गरेका हुन ।
कोरीयामा आपतकालिन राहतकोषको स्थापनार्थ गत छुसकमा आयोजना गरिएको (सागेतिक महाधमाका १९) वाट सकंकित रकम वाट कोरीयामा दुवै मृगौला फेल भएर अस्पतालमा उपचार गराईरहेकि थापालाई छुसक महाधमाका टिमले ५ लाख वोन सहयोग गरेको हो ।
रोजगारीकोलागि कोरीयाको फाजुमा कृषि क्षेत्रमा कार्यरत थापाको मृगौलामा समस्या देखिएपछि अगष्ट २४ तारिख इल्सान अस्पतालमा भर्ना भएर उपचार गराईरहेकि छिन ।
महाधमाका समुहको हिजो वसेको अनलाईन वैठकले थापालाई ५ सय वोन दिने निर्णय गरेको अभियान्ता सन्तोष रोकाले जनाए । समुहले आपतविपदमा परेका नेपालीहरुलाई सहयोग गर्दे आईरहेको संयोजक गुरुदत्त न्यौपानेले जानकारी गराए ।

प्रतिक्रिया

सम्बन्धित खवर