नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, धनुषाले जनकपुरधाममा सरकारी गाडीको दुरुपयोग रोक्न अभियान थालेको छ ।

संघले आज शनिबार बिदाको दिन जनकपुरधामबाट ११ सरकारी नम्बर प्लेटको गाडी नियन्त्रणमा लिएको हो । जसमा दुई चारपाङ्ग्रे र ९ मोटरसाइकल छन् ।

बिदाको दिन सरकारी गाडी गुडाउन प्रमुख जिल्ला अधिकारीसँग अनुमति लिनुपर्छ । तर अनुमति बेगर सरकारी गाडी चलाउने प्रवृत्ति बढेपछि युवा संघका यूवाहरुले त्यसलाई रोक्न सडकमा उत्रेका छन् ।

युवा संघका मधेश प्रदेश अध्यक्ष लव अधिकारीले दुरुपयोग गर्ने क्रममा नियन्त्रणमा लिएको ११ सरकारी गाडी आवश्यक कारबाहीका लागि ट्राफिक प्रहरीलाई बुझाएको जानकारी दिए ।-रासस

प्रतिक्रिया

सम्बन्धित खवर