बिराटनगर / मोरङ को बिराटनगर मा रहेको ईश्वर बचत तथा ऋण सहकारी संस्था लि. क‍ो १२ ओै वार्षिक साधारण सभा सम्पन्न भएको छ । मिति २०८० साल भाद्र ९ गते शनिवार जीवन विकास लघुवित्त वित्तीय संस्था लि. बिराटनगर कटहरी को सभाहलमा यो साधारण सभा सम्पन्न भएको हो

१२ बर्ष अघि केही थोरै सदस्य र सानू लगानी बाट सुर गरिएको यो सहकारी अहिले १५०० सय सदस्य र ११ करोड़ माथि को लगानी तथा बचत मा संचालन भइरहेको छ । यश सहकारीको १२ ओै वार्षिक साधारण सभा मा सहकारी का बर्तमान अध्यक्ष धर्मलाल शींह कोइली ले कार्यक्रम को अध्यक्षता गरेका थिए भने रास्ट्रिय सहकारी महासंघ नेपाल का उपाध्यक्ष रमेश प्रशाद पोखरेल ले प्रमुख अतिथि को रुपमा उपस्थिति जनाए का थिए
कार्यक्रम मा अन्य थुप्रै जनप्रतिनिधि तथा बिभिन्न सहकारी संचालक लगाएत यस सहकारी का सदस्य हरुको बाक्लो उपस्थिति रहेको थियो

कार्यक्रम सहकारी का सचिब लालबहादुर अधिकारी ले संचालन गरेका थिए भने कार्यक्रम मा बोल्दै प्रमुख अतिथि पोखरेल ले अहिले चारै तीर सहकारी को गलत समाचार आइरहेको बेला यस सहकारी ले एकदमै राम्रो सफलता हात पारेको र अझै राम्रो काम गर्न सुझाप दिए

मोरङ को ४ स्थानीय तह मा रहेको यो सहकारी ले आफ़्नू १२ ओै वार्षिक साधारण सभामा आफ़्नू सहकारी सदस्य भित्र का जेस्ट नागरिक लाई समेत सम्मान गरेको थियो र आगामी दिन मा यस सहकारी ले अझै सदस्य र लगानी बढाउने र सहकारी बाट समाज मा धेरै राम्रा काम हरु गर्दै जाने साथै सहकारी लाई राम्रो काम गर्ने कर्मचारी ,बचत कर्ता तथा शियर दाता लाई समेत पुरस्कृत गर्दै जाने र जिल्ला कै नमूना सहकारी ब्यबस्थापन गर्ने यस सहकारी का ब्यबस्थापक बल बहादुर घिमिरे ले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर