कक्षा १२ मा ४९.०९ प्रतिशत परीक्षार्थी ननग्रेडेड (एनजी) भएका छन् । मंगलबार राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको नतिजाअनुसार कूल परीक्षार्थीमध्ये ४९.०९ प्रतिशत ननग्रेडेड भएका हुन् । जन अनुसार कूल ३ लाख ७२ हजार ६ सय ३७ परीक्षार्थीमध्ये १ लाख ८२ हजार ९ सय २६ विद्यार्थी ननग्रेडेड भएका हुन् ।

तर, गत वर्षको नतिजाको तुलनामा यस वर्ष ननग्रेडेड हुने विद्यार्थी २.८१ प्रतिशतले घटेको छ । गतवर्ष १ लाख ८८ हजार ४ सय १० विद्यार्थीको एनजी आएको थियो । अर्थात् ५१.९० प्रतिशत विद्यार्थीको एनजी आएको थियो ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

यस्तै यसवर्ष ६ हजार ९ सय ७६ विद्यार्थीले ३.६१ देखि ४ जिपीए ल्याउन सफल भएका छन् । मंगलबार राष्ट्रिय परीक्षा बोर्डले प्रकाशन गरेको नतिजा अनुसार कूल परीक्षार्थीमध्ये करिव १.८७ प्रतिशत विद्यार्थीले उक्त जिपीए ल्याएका हुन् ।

गत साल ४ हजार १ सय ७९ परीक्षार्थीले ३.६१ देखि ४ जिपीए ल्याउन सफल भएका थिए ।

यस्तै ३.२१ देखि ३.६० जिपिए ल्याउन विद्यार्थी ३८ हजार ९ सय ९९ रहेका छन् । यो कूल परीक्षार्थीमध्ये १०.४७ प्रतिशत हो । ई-कान्तिपुर

 

प्रतिक्रिया

सम्बन्धित खवर