१४ भाद्र २०७७, आइतवार

पाल्पा जिल्लाको रम्भा गाउँपालिका १ हुगिको संघामा विद्युत सर्ट भई आगोलागी हुदा लाखौ रुपैया बराबरको क्षति भएको अनुमान गरिएको छ ।
आईतबार दिउँसो संघामा रहेका श्री कृष्ण गण्डकी युवा क्लव, युवा सुचना केन्द्र र ठूलिटार सामुदायिक बन कार्यालयको सामुदायिक भवनमा अचानक विद्युतको तार सर्ट भई आगो लागेको थियो ।
आगोलागी हुँदा भवनमा रहेको प्लास्टिकका कुर्ची, ८ थान कम्प्युटर, १ थान एलइडी टिभी, टेन्डहाउसमा प्रयोग गर्ने कपडा, भाडाँकुडा, ७ थान काठको दराज पूर्ण रुपमा क्षति भएको छ । प्रहरी र स्थानीयहरुको सहयोगमा आगो निभाईएको थियो । घटनाको थप विवरण भने आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर