नेकपा एकीकृत समाजवादीका उपमहासचिव डा. गंगालाल तुलाधारले नेकपा एमालेसँग विद्रोह गरी छुट्टिएको औचित्य पुष्टि गर्ने गरी छलफल थालिएको बताएका छन् ।

आइतबार नेकपा एसको स्थायी कमिटी बैठकपछि उनले अब बस्ने केन्द्रीय कमिटी र आगामी भदौमा गर्न लागेको पोलिटब्युरोको बैठकमा समेत एमालेसँगको विद्रोह र औचित्य स्थापित गर्ने गरी जोडदार छलफल हुने बताए ।

‘हामी सम्भवतः माघको दोस्रो सातातिर पार्टीको महाधिवेशन गर्छौँ होला र त्यो महाधिवेशन अगाडि कमसेकम पनि एक लाख सदस्य बनाउने टार्गेट हामीले पूरा गर्नुपर्ने हुन्छ । त्यही एक लाख सदस्यबाट नै आगामी केन्द्रीय कमिटी निर्माण गर्नुपर्ने हुन्छ । त्यसैले हाम्रो समग्र मनशाह भनेको मन, वचन र कर्मले हामीले बलियो, विश्वासिलो, भरपर्दो र रहरलाग्दो पार्टी बनाउने लक्ष्य छ । विद्रोहको औचित्य पनि त्यहीबाट स्थापित र पुष्टि हुन्छ भन्ने हाम्रो विश्वास छ । यी सबै कुराले गर्दा अहिले यिनै विषयमा मनग्य छलफल भइरहेको छ,’ उनले भने ।

उनले पार्टीका नेताले आफू र पार्टीको कार्यलाई समेत केन्द्रमा राखेर आत्मालोचना सहित खुलस्त र निर्मम समीक्षा गरिरहेको जिकिर गरे । नेकपा एसकै नेताहरूले संसदमा पार्टीको भूमिकालाई लिएर प्रभावकारी हुन नसकेको खरो टिप्पणी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर