जि.के. पाण्डेय। साउन १४,

पृथ्वी राजमार्ग बस संचालक कम्पनी प्रा.लि.ले आजबाट नियमित रुपमा कालीगण्डकी १,२,३,४ का यात्रुहरुको सुविधालाइ लक्षित गर्दै कालीगण्डकी ३ बिर्घा भुष्टुङ्गबाट – काठमाडौको लागि रात्रीकालिन बस सेवा सञ्चालनमा ल्याएको छ।

कालीगण्डकी ३ देवीनगर भुष्टुङ्गमा सम्पन्न औपचारिक कार्यक्रमका बिच कालीगण्डकी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले बस सेवाको औपचारिक शुभारम्भ गर्नुभएको थियोे।

कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डे,वडा नं ३ का अध्यक्ष देवेन्द्र कुमार थापा,वडा नं ४ का अध्यक्ष यादव प्रसाद पाण्डे,बिर्घा स्वास्थ्य चौकी प्रमुख एक बहादुर थापा,बिर्घा प्रहरी चौकीका प्रतिनिधि,पृथ्वी राजमार्ग बस संचालक समितिका प्रतिनिधि,बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि,स्थानिय क्लबका प्रतिनिधि,आमा समुहका प्रतिनिधि,व्यापारी एवं स्थानियहरुको उपस्थिति रहेको थियो। कार्यक्रमका अवसरमा आज भुष्टुङ्गबाट यात्रा गर्ने पहिलो दुइ यात्रुलाइ नि:शुल्क यात्राको अवसर मिलेको थियो भने हाललाइ बिर्घा – काठमाडौको एकतर्फी भाडा पन्ध्र सय तोकिएको छ।

यो क्षेत्रबाट बुटवल,पोखराका लागि विगत देखि विभिन्न कम्पनीका बसहरु संचालनमा रहे पनि काठमाडौ आवतजावत गर्नका लागि यो क्षेत्रबाट हालसम्म नियमित रुपमा कुनै यातायात कम्पनीले सेवा प्रदान गरेका थिएनन्। बस सेवा सन्चालनमा आएपछि बिर्घा साथै बिर्घा आसपासका जनतालाइ अन्यत्रबाट काठमाडौका लागि बस चढ्नुपर्ने बाध्यता हटेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर