जन्ती बोकेर फर्किएको  गाडी दुर्घटनामा परेको छ ।

गोरखाको सहिद लखन गाउँपालिका ३ स्थित चिलिङकोटमा भएको गाडी दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।

https://amzn.to/4myfPN5

सहिद लखन–३ चिलिङकोटबाट बेहुली लिएर सहिद लखन–५ ताक्लुङबाट फर्किँदै गरेको ०१–०२३च ४४ २७ नम्बरको जिप गए राति दुर्घटनामा परेको हो ।

घाइतेको आबुखैरेनी अस्पतालमा उपचार भइरहेको छ ।

अहिले प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् ।

जिप सडकबाट झण्डै दुई सय मिटर तल खसेको बताइएको छ

मृतकको पहिचान खुल्न नसकेको डिएसपी  लिलाराज लामिछानेले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर