ओखलढुंगाको चम्पादेवी गाउँपालिका–८ विलन्दुमा पहिरो जाँदा एकै परिवारका ४ जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा रणबहादुर गुरूङको परिवार रहेको वडाध्यक्ष खड्ग बरालले जानकारी दिए।

https://amzn.to/4myfPN5

उनका अनुसार गएराति ११ बजे पहिरो जाँदा रणबहादुरसहित उनकी २९ वर्षकी पत्नी शिवमाया गुरूङ, १० वर्षका छोरा दिनेश गुरूङ र १८ महिनाकी छोरी कविता गुरूङको पुरिएर मृत्यु भएको बरालले जानकारी दिए।

‘दुई सय मिटर माथिबाट पहिरो आएर घर बगाएर लगेछ। अहिलेसम्म बाबु, आमा, छोरीको शव फेला परिसकेको छ। छोराको शव फेला पर्न बाँकी रहेको छ,’ उनले भने, ‘पहिराले बलबहादुर गुरूङ र जहरसिंह गुरूङको घरमा पनि क्षति पुर्‍याएको छ। ठूलो आवाजकासाथ पहिरो चल्न थालेपछि अरूले भागेर ज्यान जोगाउन सफल हुनुभएछ।’

करिब दुई सय घरधुरी रहेको बस्तीमा पहिरो गएको उनले बताए। पहिरोबाट अरू घर पनि जोखिममा रहेको उनले बताए।

प्रतिक्रिया

सम्बन्धित खवर