काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले आफूहरूले समाजवादी मोर्चा बनाउने तयारी गरिरहेको बताएका छन्।

नेकपा एसको उपत्यका विशेष प्रदेश कमिटीको कार्यक्रमलाई सम्बोधन गर्दै वाम शक्तिहरूलाई गोलबन्द गराउन खोजेको बताए।

https://amzn.to/4myfPN5

उनले भने, ‘हामीले पहिलो चरणमा हामी, माओवादी र जसपालाई एक ठाउँमा जम्मा गरेर समाजवादी मोर्चा निर्माण गर्ने। त्यसमा अरू पार्टीलाई पनि समेटेर छिटो साकार गर्न लागिरहेको छौँ।’

समाजवादी मोर्चा तयार पार्न सके सरकारको स्थिरता हुने उनको भनाइ छ।

उनले भने, ‘अहिले कांग्रेस र माओवादीसँग भएको सीट संख्या हामीसँग र जसपासँग भएको सीट संख्या भयो भने सजिलैसँग बहुमत पुग्छ। धेरै चिन्ता गर्नुपर्दैन। लोसपा र नागरिक उन्मुक्ति पार्टीको पनि साथ छ। त्यसो भएकाले रास्वपालाई पनि सरकारमा ल्याउने विषयमा कुराकानी नभएको होइन। पछि कुरा अल्झियो। त्यसैले कसैले भत्काउन खोजेपनि भत्किने वाला छैन। यो सरकार पाँच वर्ष अघि बढ्छ।’

प्रतिक्रिया

सम्बन्धित खवर