बिराटनगर / आज सार्बजनिक गरेको नेकपा (एमाले)को आफनू घोषणा पत्रमा श्रमिकहरूको न्यूनतम पारिश्रमिक २५ हजार रुपैयाँ पुर्‍याउने प्रतिबद्धता जनाएको छ।

मंगलबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि सार्वजनिक गरेको घोषणापत्रमा यस्तो उल्लेख छ।

https://amzn.to/4myfPN5

औपचारिक तथा अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा समेटिने पनि घोषणा पत्रमा भनिएको छ।

‘औपचारिक क्षेत्रका सवै र अनौपचारिक क्षेत्रका ७५ प्रतिशत श्रमिकहरू योगदानमा आधारित सामाजिक सुरक्षाको दायरामा समेटिने छन्। श्रमिकहरूको न्यूनतम ज्याला मासिक २५ हजार पुर्‍याइनेछ,’ घोषणा पत्रमा उल्लेख गरीएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर