क्यारेवियन प्रिमियर लिगमा सन्दीप लामिछानेको टिम जमैका तालवाजले तेस्रो जित निकालेको छ ।

आज बिहान भएको खेलमा जमैकाले सेन्ट किट्स एण्ड नाभिस पेट्रियोट्सलाई ३७ रनले पराजित गरेको हो ।

जीतसँगै जमैका तालिकाको तेस्रो स्थानमा पनि उक्लिएको छ । जमैकाले पहिला ब्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेट गुमाएर १४७ रन बनाएको थियो ।

जमैकाका लागि ग्लेन फिलिप्सले नट आउट ७९ रन बनाउँदा जर्मेन ब्लायकवुडले २७ रन बनाएका थिए ।

१४८ रनको लक्ष्य पछ्याएको सेन्ट किट्स निर्धारित ओभरको २ बल बाँकी छँदै ११० रनमा समेटिन पुग्यो ।

उसलाई सस्तैमा समेट्नका लागि जमैकाका कार्लोस ब्रेथह्वाईटले तीन विकेट लिएका थिए ।

यसैगरी नेपाली लेग स्पिनर सन्दीप, फिडेल एडवार्ड र भिरा स्वमी परमुलले २–२ विकेट लिएका छन् । सन्दीपले इभेन लुईस र इस सोढीको विकेट हात पारेका हुन् । एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर