१४ भाद्र २०७७, आइतवार
जनउद्धार केन्द्र मलेसियाले मलेसियावाट एक नेपालीको उद्धार गरेको छ । दुर्घटनामा परेका धनकुटाका नन्द कुमार राईको उद्धार गरिएको हो । तीन वर्ष देखि अवैधानिक अवस्थामा रहेका राई सडक दुर्घटनामा परे पश्चात प्यारालाईसिसि भएको थियो ।
उनको दश दिन सम्म जनरल अस्पताल पेनागमा उपचार भएको थियो । अस्पतालमा रहदा देखि नै जनउद्धार केन्द्रले राईलाई सहयोग गर्दे आईरहेको थियो । अवैधानिक भएको कारण नेपालवाट कागजात झिकाउन,नेपाली दुतावास तथा मलेसियाको अध्यागमन कार्यालयमा गर्नुपर्ने काममा समेत जनउद्धारले सहयोग गरेको थियो ।
विरामि नन्द कुमार राई एक्लै नेपाल फर्कन नसक्ने अवस्था भएपछि राईलाई मोहन सुव्वा लिम्वुले सगै नेपाल ल्याएका छन । दुवैजनालाई जापानमा रहेको नेपालीहरुको संस्था घुम्ते युवा परिवारले हवाईटिकट उपलब्ध गराएको थियो । मलेसियामा अन्य प्रकृयामा लाग्ने खर्चभने साथीहरु र स्वय राईले जुटाएका थिए । राईलाई छाड्न संस्थाका अध्यक्ष र अन्य पदाधिकारीहरु क्वालालम्पुर विमानस्थलमै आएका थिए ।
विरामिको नाममा केहि ब्यक्ति तथा संस्थाहरुले रकम समेत जम्मा गरेका छन । संकलित भएको रकम नेपाल पठाईदिने जनउद्धार केन्द्रका अध्यक्ष केशुथापाले जानकारी गराउनु भएको ।
जनउद्धार केन्द्रले मलेसियामा दुखपिडामा परेका सयौ नेपालीहरुलाई उद्धार गर्दे आईरहेको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार