मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभा चुनावका लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र म्यादी प्रहरी परिचालन गरिने भएको छ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आइतबार गृह मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समिति बैठकमा आगामी चुनावमा परिचालन गरिने सुरक्षाकर्मीबारे छलफल भएको थियो।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

चुनावमा करिब ७५ हजार नेपाली सेना परिचालन गर्ने तयारी छ। ३२ हजार सशस्त्र, ६५ हजार नेपाल प्रहरी र एक लाख १५ हजार म्यादी प्रहरी परिचालन गर्ने तयारी छ। म्यादी प्रहरी छनौटका लागि भदौ ३० देखि नै दरखास्त आह्वान गरिनेछ।

एकैचरणमा प्रदेश सभा र प्रतिनिधि सभा चुनाव हुन लागेकोले सुरक्षाकर्मी अपुग हुँदा धेरै संख्यामा म्यादी प्रहरी भर्ना गर्न लागिएको छ।

गृहमन्त्रीको सचिवालयले दिएको जानकारी अनुसार आगामी चुनावका लागि गृह र सुरक्षा निकाय मिलेर तयार पारेकव विशेष सुरक्षा योजना पनि आइतबारको बैठकबाट पारित भएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर