मानव बेचबिखन विरूद्धको १६ औँ राष्ट्रिय दिवस स्वरूप फेरिएर मानव बेचबिखन कायमै

विराटनगर। मानवबेचबिखनको स्वरूप फेरिएको तर मानव बेचखिबनअझै कायम रहेकाले यसको न्यूनीकरणका लागि सबैका साझा प्रयास रहेको मानव बेचबिखनविरूद्धको राष्ट्रिय दिवसकावक्ताहरूले बताएका छन् ।

मानवबेचबिखन विरूद्धको १६ औँ राष्ट्रिय दिवसको अवसरमामाइती नेपाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र(इन्सेक) लगायतले सोमवार रानीभन्सार विराटनगरमा आयोजना कार्यक्रममा सहभागीहरूले मानव बेचबिखनको स्वरूप मात्र फेरिएकाले मानव बेचबिखन निर्मूलका लागि तीनओटै सरकारको महत्वपुर्ण भूमिका हुने बताएका छन् ।
कार्यक्रममा सामाजिक विकास मन्त्रालयका सचिव दीर्घराज मैनालीले अझै पनि जोगवनी नाकाबाट मानव तस्करहरूले समूहले मानव बेचबिखन गरीरहेको बताउनुभयो । उहाँले अहिले शिक्षित र मानव बेचबिखनको बारेमा जानकारी भएकाहरूलाई समेत राम्रो रोजगारी वा विभिन्न प्रलोभनमा चोरीको बाटो हुँदै अमेरिक पुर्‍याउने भन्दै मानव बेचबिखन भइरहेको बताउनुभयो । शिक्षित मानिसहरू नै मानव तस्करको चङ्गुलमा परेर बेचिइरहेको अवस्था भएकाले अब मानव बेचबिखन विरूद्धको अभियानलाई सशक्त र प्रभावकारी ढङ्गले अघि बढाउन आवश्यक रहेको बताउनुभयो ।
प्रमुखजिल्लाअधिकारी काशीराज दाहालले अहिले आर्थिक गतिविधिका नाममा मानव बेचबिखन हुने भएकाले त्यसको न्यूनीकरणका लागि सङ्घीय सरकार र स्थानीय सरकार बढी जिम्मेवार भएर काम गर्न आवश्यक भएको बताउनुभयो । प्रमुखजिल्लाअधिकारी दाहालले अहिले मानव बेचबिखनको स्वरूप फेरिएर शिक्षाको नाममा, व्यापारको नाममा, कलाकारको नामको मानव तस्करी भइरहेकाले बेचबिखन नियन्त्रणका लागि सामाजिक सङ्घसंस्थाको सहयोग राज्यलाई आवश्यकभएको बताउनुभयो ।
राष्ट्रिय मानवअधिकार आयोगविराटनगर प्रमुखनितु गड्तौलालले पहिले महिला र बालबालिका बेचबिखन जस्तो गरी मानव बेचबिखननहुने भएकाले सीमा क्षेत्र साथै राज्यले बेचबिखन विरूद्धका नीति तथा कार्यक्रम कठोर बनाउन आवश्यक रहेको बताउनु भयो । उहाँले अब हात समाएर सिमाना कटाउने जमाना नभएकाले इन्टरनेटको प्रयोग गरी हुने मानव तस्करी रोक्न राज्यसहित सङ्घसंस्थाले कार्य विधि बनाउनआवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा इन्सेक प्रदेश १, प्रमुख सोमराज थापाले पछिल्लो समय अफ्रिकामा नेपाली चेली र बैदेशिक रोजगारीका नाममा पुरूषको बेचबिखन भइरहेकाले त्यसको न्यूनीकरणका लागि स्थानीय सरकारको भूमिका प्रभावकारी हुनुपर्ने बताउनुभयो । थापाले स्थानीय सरकारले सङ्घीय सरकारसँग समन्वय गरी रोजगारीको अवस्था सिर्जना गर्न सके मानव बेचबिखन अन्त्यका लागि प्रभावकारी हुने बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासङ्घ मोरङ शाखा अध्यक्ष सञ्जीव खनालले घरपरिवारमा मानव बेचबिखनको सचेतना परिवारका सदस्यले नै फैलाउन सकेको अवस्थामा मानव बेचबिखन नियन्त्रण गर्न सकिने बताउनु भयो ।
गएको आर्थिक वर्षमा रानीभन्सारबाट १०६३ जनाको उद्दार, ५ हजार बेचबिखनप्रयास घटनामा नियन्त्रण, २७२ जना हराएको र ११० जना भारतमा फेला पारी उद्दार गरिएको तथ्याङ्क प्रस्तुत गरिएको छ । प्रदेश १ प्रहरी कार्यालयका तथ्याङ्कमा गएको आवमा मानव बेचबिखनविरूद्धका २३ ओटा मुद्दा कानुनीप्रक्रियामा रहेको जानकारी गराइएको थियो ।

https://amzn.to/4myfPN5

प्रतिक्रिया

सम्बन्धित खवर