नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभा निर्वाचनका लागि चितवन क्षेत्र नम्बर ३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस भएका छन्।

आइतबार चितवन क्षेत्र नम्बर ३ को क्षेत्रीय निर्वाचन परिचालन समितिले प्रचण्डलाई सर्वसम्मत उम्मेदवार सिफारिस गरेको नेता गोपाल न्यौपानेले जानकारी दिए।

https://amzn.to/4myfPN5

प्रचण्ड ०७४ को निर्वाचनमा त्यहीँबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।

बैठकले चितवन–३ अन्तर्गतका दुवै प्रदेशसभाका लागि समेत प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गरेको छ । प्रदेश ३ (क) मा प्रकाश कँडेलसहित तीन जना र ३ (ख) मा गोपाल न्यौपानेसहित ८ जनाको नाम सिफारिस भएको जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर