पाल्पाली सेवा समाज दोहा कतारले पाल्पाका एक मृगौला पिडितलाई नगद एक लाख रुपयाँ आर्थिक सहयोग गरेको छ ।

बिगत एक बर्षदेखि मृगौला रोगको उपचार गराउदै आएका पाल्पा जिल्ला बगनासकाली गाउपालिका वडा नं ७ खानीगाउँ निवासी ५२ बर्षीय दिल बहादुर बगालेलाई समाजका संस्थापक पदाधिकारीहरु यम बहादुर बिक,भरत खत्री,भरत कुमार रसाइली र समाजसेवी हरिदेव थापाको टोलीले शनिबार उक्त रकम हस्तान्तरण गरेको हो ।

भैरहवाको एक होटवलमा कुकको काम गरेर बृद्ध बाबु आमा लगायतका परिवार पालन पोषण गर्दै आएका बगाले मृगौला रोगबाट पिडित भई उपचार खर्च जुटाउन समस्या भएको थाहा पाएपछि पाल्पाली सेवा समाज दोहा कतारका अध्यक्ष महल केसी,महासचिब रामलाल खाती लगायत समाजका पदाधिकारी तथा सदस्यहरुको पहलमा उक्त रकम संकलन गरिएको समाजका संस्थापक भरत कुमार रसाइलीले जानकारी दिए ।

समाजले बिगतमा पनि बिभिन्न रोगबाट पिडितहरुलाई आर्थिक सहयोग गर्नुका साथै पाल्पाको मदनपोखरा स्थित दृष्टिबिहीनहरुको पठन पाठनका लागि समेत आर्थिक सहयोग गरेका समाजका अर्का संस्थापक भरत खत्रीले बताए ।

बैदेशीक रोजगारीमा गएका पाल्पालीहरुले आफ्नो पारिश्रमिकबाट करम उठाएर आफ्नो उपचारका लागि आर्थिक सहयोग गरेकोमा बगालेले समाजप्रति आभार प्रकट गरे ।

बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा मृगौलाको डाइलासिस गराउदै आएका बगाले उपचारका लागि हाल रुपन्देहीको ठुटिपिपलमा बस्दै आएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित खवर