पाल्पा–नारायण युवा क्लब तानसेन पाल्पाले आफनोे रजत जयन्तीको अवसर पारेर विभिन्न सप्ताहव्यापी कार्यक्रम गरिरहेको छ । क्लबले यसैक्रममा तानसेनको नारायण स्थानमा रहेको नारायण मन्दिर परिसरमा सरसफाई गरेको छ ।
कार्यक्रमको शुभारम्भ गर्दै तानसेन नगर पालिकाका उपप्रमुख प्रतिक्षा गाहा सिङ्जालीले स्थापनाकाल देखिनै निकै रचनात्मक कामहरु गर्दे आएको क्लबले रजत जयन्तीको अवसरमा सप्ताहव्यापी कार्यक्रम आयोजना गरेकोमा कार्यक्रमको पूर्ण सफलताको शुभकामना ब्यक्त गर्दे नगरपालिकावाट सक्दो सहयोग गर्ने वताउनु भयो ।
कार्यक्रममा पाल्पा जिल्लाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्थ,नेपाली काग्रेसका पाल्पाका पाटी सभापति एवम सस्थापक अध्यक्ष हिमाल दत्त श्रेष्ठ,तानसेन नगरपालिका वडा न २ का वडा अध्यक्ष महेश्वर श्रेष्ठ,सुरक्षा निकायका प्रमुख एवम प्रतिनिधि,स्थानीय समाजसेवी,बृद्विजिवि,टोल विकास सस्थाका पदाधिकारीहरु, पत्रकारहरु,स्थानिय वासिन्दाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको अध्यक्षता क्लवका किशोर दर्शन बज्राचार्यले गर्नु भएको थियो भने सचिव विनायक महर्जनले कार्यक्रम चलाउनु भएको थियो ।









