१३ भाद्र २०७७, शनिवार

बुटवल उपमहानगरपालिका वडा नं. ११ प्रगतिनगरका भिमबहादुर खड्काले आफनो वुहारी र नातिनीको खोजी गरिदिन प्रहरी समक्ष निवेदन गरेका छन ।
छोरा राजिव बिदेशमा भएको बेलामा बुहारीले धनमाल सहित नातिनी टिपेर हिडेको भन्दै खोजी गरिदिन अनुरोध गरेका हुन ।
बुहारीले छोरा राजीव(हाल कतार)ले बिदेशमा कमाई गरेर पठाएको र आफूसंग भएको नगद तथा धनमाल समेत लिएर हिडेको प्रहरीलाई दिएको निवेदनमा उल्लेख गरिएको छ ।
केहि दिन अगाडि देखि वुहारीको चाला समेत ठिक नभएको वारम्वार वाहिर जाने गरेको र यस्तो महामारीको वेलामा समेत हिडडुल नर्गन अनुरोध गर्दा समेत नमान्ने गरेको उल्लेख गरेका छन ।
साथै उनले आफैले किनिदिएको लु २१ प १४०६ नं. को रातो स्कुटी, आफूले लगाउँदै आएको सुनको सिक्रि सहितका गहना, नातीनीको सुनको सिक्रि, हातको बाला, कानका मुन्द्रा, लगायतका गरगहना, आमा छोरीका लगाउने सबै लत्ताकपडा समेत लिएर हिडेको वताएका छन ।
साथै तिनाउ मिसन बैंकबाट ८ लाख ५० हजार रुपैंया निकालेको, बुटवल अस्पताल लाईनको सिभिल मेडिकलबाट २ लाख लिएको, सृष्टिले पढ्ने बिद्यालयकी शिक्षिकासंग १ लाख १२ हजार रुपैंया लिएको, बुटवल कालिकानगर बस्ने केशव खड्कासंग ३० हजार रुपैंयाँ समेत लगेको बुझ्नमा आएको उल्लेख गरिएको छ ।
साथै निवेदनमा बुहारीको नाममा रहेको नवलपरासी बर्दघाट चिसापानी भन्ने ठाउँमा रहेको घडेरी समेत बैंकमा धितो राखेर कर्जा लिएको भन्ने सुन्नमा आएकाले उहाँले उल्लेख गरेका छन । कसैले देखेको खण्डमा प्रहरीमा खवर गरिदिन समेत उनले अनुरोध गरेका छन । भिम वहादुर खड्का भारतिय सेना निर्वित हुन ।

प्रतिक्रिया

सम्बन्धित खवर