सातवटै प्रदेश सरकारले आज आर्थिक वर्ष ०७९/८० को बजेट सार्वजनिक गर्दैछन्।

संवैधानिक प्रावधानअनुसार प्रदेश सरकारले असार १ गते बजेट सार्वजनिक गर्नुपर्ने हुन्छ।

यसअघि सातै प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याइसकेका छन्।

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेश सभामा बजेट प्रस्तुत गर्ने कार्यक्रम छ।

प्रदेश सरकारले आ-आफ्नो प्रदेशअनुरुप प्राथमिकता निर्धारण गरेर बजेट तयार पारेको जनाएका छन्।

संघको बजेटले तोकेको सिलिङका आधारमा प्रदेश सरकारले बजेट ल्याउँदैछन्।

खासगरी कृषि, पर्यटन, सडक, खानेपानी र रोजगारी सिर्जना सबैजसोको प्राथमिकतामा छ।

प्रतिक्रिया

सम्बन्धित खवर