अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भैरहवा सिद्धार्थनगर–५ स्थित ३ नम्बर नापी कार्यालयको क्वार्टरमा कार्यरत एक जना कर्मचारी ३० हजार घुससहित पक्राउ गरेको छ ।

सेवाग्राहीबाट घुस लिइरहेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सोही कार्यालयमा कार्यरत अमिन टेकबहादुर रायमाझी रहेका छन् ।

https://amzn.to/4myfPN5

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार उनले सेवाग्राहीसँग ३० हजार रुपैयाँ घुस लिएका थिए । घुस लिएकोे उजुरी परेपछि उक्त उजुरीका आधारमा उनलाई पक्राउ गरिएको भण्डारीले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर