पोखरा । नेकपा (एमाले)ले पोखरा महानगरपालिकाको मतगणना रोक्न माग गरेको छ ।

बुधबार अपराह्न एमाले प्रतिनिधिले वडा नम्बर–७ को एउटा मतपत्र सदर कि बदर भन्ने विषयमा पुनः ‘ट्याली’ गर्नुपर्ने माग गरेका थिए । उक्त माग निर्वाचन आयोगले पूरा नगरेपछि उनीहरूले मतगणनास्थलभित्रै नाराबाजी गरेका थिए ।

त्यसपछि आयोगले मतगणनास्थलमा एमालेका दुईजना प्रतिनिधिलाई मात्र बस्न दिएर सो पार्टीका अरू कार्यकर्तालाई बाहिर निकालेको थियो । एमाले कार्यकर्ताले बाहिरै नाराबाजी गरेका थिए ।

तर, आयोगले गणना जारी राख्यो । अहिले एमालेको नाराबाजी पनि शान्त भइसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर