स्थानीय निर्वाचनको क्रममा ललितपुरमा विवादैविवाद छ । गठबन्धनबाट अलग बनाएपछि नेकपा समाजवादीले जिल्लाभर आफ्नै उम्मेदवार उठाइसकेको छ ।
नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच पनि विवाद छ ।
माओवादी केन्द्रका नेता भगिरथ तिमल्सिनाले महाङ्काल गाउँपालिकामा बागी उम्मेदवारी दिएपछि गठबन्धनभित्र विवाद चर्केको हो ।
काँग्रेस जिल्ला सभापति जितेन्द्रकुमार श्रेष्ठ सहमतिविपरीत माओवादीबाट उम्मेदवारी परेपछि समस्या परेको र उम्मेदवारी फिर्ता लिनुपर्ने बताउँछन् ।
गठबन्धनको सहमति अनुसार महाङ्काल गाउँपालिका(१ र २ मा माओवादी केन्द्रलाई दिनुपर्ने दाबी गरिएको छ ।
तर, सहमति अनुसार नभएपछि आफूले उम्मेदवारी दिएको नेता लिमल्सिना बताउँछन् ।
श्रेष्ठ भने यो विषयमा सहमति नभएको दाबी गर्छन् । ‘वडामा कुनै सहमति भएको थिएन । प्रकृयामा थियो ।
अध्यक्ष नेपाली काँग्रेसर उपाध्यक्ष माओवादी केन्द्रलाई दिने सहमती भने भएको हो,’ उनले भने ।