
वैशाख ३० गतेको स्थानीय तह निर्वाचनमा सबैभन्दा धेरै उम्मेदवारी नेकपा एमालेले दिएको छ ।
निर्वाचन आयोगका अनुसार मंगलबार साँझ ९ बजेसम्मको विवरण अनुसार उमेदवारको दलगत स्थितिमा प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी उम्मेदवारी नेकपा (एमाले) बाट परेको छ ।
विवरण अनुसार प्रमुख पदमा एमालेबाट २८८ जनाको उम्मेदवारी परेको छ ।
त्यस्तै, अध्यक्ष पदमा ४४६ जनाको उम्मेदवारी दर्ता भएको देखिएको आयोगले जनाएको छ ।
सो दलबाट उपप्रमुख र उपाध्यक्षमा क्रमशः २८३ र ४४५ उम्मेदवारी परेको छ ।
त्यस्तै एमालेबाट वडा अध्यक्ष पदमा ६ हजार ४६८ जनाको उम्मेदवारी परेको छ ।
प्रमुखमा ३ हजार ४६६, अध्यक्षमा ३ हजार ३७८, उपप्रमुखमा २ हजार १३६ र उपाध्यक्षमा २ हजार ३९२ को मनोनयन परेको छ ।
यसैगरी वडा अध्यक्षमा ३४ हजार ९४३, महिला सदस्यमा २६ हजार ६३, दलित महिला सदस्यमा २३ हजार ४७० र वड सदस्यमा ५४ हजार ६४६ जनाको उम्मेदवारी मनोनयन दर्ता भएको आयोगले जनाएको छ ।